आन्दोलनको औचित्य छैन: ओली

आन्दोलनको औचित्य छैन: ओली

इलाम । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम ‘कोशी’ ले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको बताएका छन् । उनले प्रदेश सबैको साझा भएको भन्दै नाम परिवर्तन गर्न जनताको मत जितेर दुई तिहाई पुर्‍याउन आन्दोलनकारीलाई सुझाव दिए ।

इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ओलीले प्रदेशको नामको विरोधमा भइरहेको आन्दोलन औचित्यपूर्ण नभएको बताए । उनले अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शन आतंककारी क्रियाकलाप, उद्दण्डता भइरहेको जनाए ।

रुख लडाएर बाटो अवरोध

मेची राजमार्गको इलाम नगरपालिका(१० गोदक खण्डमा रुख ढालेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बाटो अवरुद्ध गरिएको छ । बिहीबार ओली सूर्योदय नगरपालिकाबाट इलाम बजारको कार्यक्रममा जाँदै गर्दा प्रदर्शनकारीहरुले मेची राजमार्गको इलाम नगरपालिका-१० गोदक खण्डमा रुख ढालेर बाटो अवरुद्ध गरेका हुन् । कोशी नामकरणको विषयलाइ लिएर आन्दोलन गर्दै सडक अवरोध गरेका हुन ।

कालो झन्डा देखाउने पक्राउ

ओलीलाई कालोझण्डा देखाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई इलाम चोक बजारमा कालोझण्डा देखाउनेलाई प्रहरीले पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार युवा संघका कार्यकर्ता र प्रदर्शनकारीबीच झडपको अवस्था आएपछि उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीले प्रदेशको नाम ‘कोशी’ भएकोमा विरोध जनाउँदै ओलीसहित उनीसँगै आएका इलाम क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङका अघि प्रदर्शन गरेका हुन् । उनीहरूले इलाम बजारमा प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको प्रहरीले जनाएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com