मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ: पर्यटनमन्त्री किराती

मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ: पर्यटनमन्त्री किराती
Published on
Updated on

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कुरा कसैले नबुझ्ने भन्दै गुनासो गरेका छन । आज आइतबार नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन ।

उनले भने, ‘मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ ।’ उनले यो विषय रैथाने पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा उल्लेख गरेका हुन् । उनले आफूले नेपालीपनको पर्यटन नेपालमा विकास गर्नुपर्छ भन्दै आएको भन्दै उनले भने, ‘नेपालको प्रकृति भव्य छ, संस्कृति भव्य छ, संस्कृति र प्रकृतिको समायोजनबाट हुने पर्यटन नेपालीपनको हुन्छ ।’

उनले यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै उनले काठमाडौंमा मात्र विकास गरेर पर्यटनको विकास नहुने बताएका छन । उनले गाउँमा नयाँ पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सोहीकारण सम्पदा गाउँ, सांस्कृतिक गाउँको कुरा गरेको बताएका छन । तर, यसको सुनुवाइ हुन नसकेको उनले बताएका छन ।

उनले नेपालका जात्रा महोत्सवहरुलाई अन्तर्राष्ट्रियकरण गर्न नसकिएको स्वीकार गरेका छन । उनले भने, ‘कुनै देशमा गोरू जुधाएको हेर्न एक महिना अगाडिदेखि टिकट बुकिङ गर्छ, हामीले त्यस्ता गोरू कति जुधायौं जुधायौं, ‘भक्तपुरमा जिब्रो छेड्ने मौलिक जात्रा छ, त्यही जात्राको एक रातमै ५ लाख पर्यटक भित्र्याउने संकल्प हामी किन गर्न सक्दैनौं ?’ यो विना बोकेर कस्तुरी उफ्रिएजस्तै भएको उनले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com