कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार

कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार

काठमाडौं । यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र ड्रिउ वाइसम्यानले पाएका छन् । 

स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । कोरोना भाइरसविरुद्ध एमआरएनए भ्याक्सिन विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । उनीहरुले एमआरएनए भ्याक्सिनले मानव शरीरको प्रतिरक्षा प्रणालीमा कसरी काम गर्छ भनेर पत्ता लगाएका थिए । 

उनीहरुले विकास गरेको खोप अहिले विश्वभरि लाखौं मानिसहरूलाई दिइएको छ। नोबेल पुरस्कार समितिले भनेको छ, ‘आधुनिक समयमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको समयमा भ्याक्सिन विकासको अभूतपूर्व दरमा पुरस्कार विजेताहरूले योगदान दिए ।’  

नोबल पुरस्कार विजेतालाई ९ लाख अमेरिकी डलरसँगै २४ क्यारेट सुनको तक्मा प्रदान गरिन्छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com