राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँदै

राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँदै

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको सङ्घीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहनुभएका शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।

२०७५ साल असार ४ गते राष्ट्रियसभाका सदस्यहरूको कार्यकालका लागि भएको गोलाप्रथामा उपाध्यक्ष दाहाललाई ४ वर्षे कार्यकालको चिठ्ठा परेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भने गोलाप्रथा गर्दा ६ वर्षको चिठ्ठा परेका कारण उहाँको अझै १ वर्ष कार्यकाल बाँकी नै रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com