नेविसंघले गर्‍यो स्ववियु निर्वाचनको घोषणापत्र सार्वजनिक

नेविसंघले गर्‍यो स्ववियु निर्वाचनको घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले घोषणापत्र सार्वजनिक गरेको हो । जारी घोषणापत्रको ‘नेविसंघको अबको शिक्षा नीति’ खण्डमा उल्लेख गरिएको छ,‘लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरि ज्ञानवर्धक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्दछ । नेविसंघ शिक्षालाई चेतना, मस्तिष्क, प्रतिभा र सृजनशीलताको विकासको आधार ठान्दछ ।’ नेविसंघले सबै विद्यार्थीहरूको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गराउनदेखि विद्यार्थीहरूलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने सङ्कल्पसमेत लिएको छ ।

नेविसंघले अपागंमैत्री शिक्षालय, छात्रवृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका सङ्कल्प लिएको छ । नेविसंघले व्यवहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ । नेविसंघले बोकेको मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निःशुल्क बनाउने अठोट लिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com