माओवादी केन्द्रको पदाधिकारी बैठक ४ बजेपछि

माओवादी केन्द्रको पदाधिकारी बैठक ४ बजेपछि

काठमाडौ । सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ। एमालेले पुस १० गतेको सहमतिअनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएको छ। यता विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने माओवादीले अडान लिएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com