नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।
शनिवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताउनुभएको हो ।
सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरित हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरेपनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उहाँको भनाई थियो ।
सांसद पाण्डेले प्रतिनिधि सभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुने धारणा समेत राख्नुभयो । नेपाली काँग्रेसले प्रतिपक्ष दलहरुको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ ।