अहिलेको सरकारले देशको लागि केही गर्न नसक्ने ओलीको दाबी

अहिलेको सरकारले देशको लागि केही गर्न नसक्ने ओलीको दाबी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका गरेका हुन् । अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो।

केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरे जसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको जिकिर गरे।

उनले भने, ‘हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ। अहिले चौतर्फी ढङ्गले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरूको विरुद्ध सक्रिय भएर सल्बलाउन थालेका छन्। कोही-कोही दुलाबाट फुत्त निस्केलानकि जस्तो गरेर दुलोबाट मुसोले बिरालो हेरे जसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजग हुनु पर्दछ। र, अहिलेको सरकार सरकारमा किन बसिरहेको छरु जनताले हटाउन सकिराखेका छैनन्। केही पनि गर्न नसक्ने सरकार।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com