ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः माधव नेपाल

ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः माधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन ।

अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने दाबी गरेका छन ।

पार्टी निकट नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीले शुक्रबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले भने, ‘हामीले देखिरहेका छौं। हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजिरहेका छन् ।

हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ रु हुन सक्दैन ।’ उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने बताएका छन । उनले भने, ‘ गठबन्धनमाथि पनि भरोसा गरेर अनि उनीहरुले चुनावमा जिताईदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो । आफ्नो शक्तिको आधारमा संगठन बिस्तार गरेर चुनावमा एक्लै जित्ने आँट गरेर चल्ने हो ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com