
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुग्नुभएको छ ।
हिजो गोरखाबाट फर्किएलगत्तै शक्ति बाँडफाँडको बारेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुग्नुभएको थियो ।
आजको भेटमा मन्त्रिपरिषद् विस्तार, विभिन्न शक्तिशाली पदको बाँडफाँड लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो । तर अहिलेसम्म मन्त्रीपरिषद् बिस्तार भएको छैन ।
त्यही विषयमा छलफल गर्न दुई नेताको भेट भएको हो । आज बोलाइएको मन्त्रिपरिषद्को बैठक पनि स्थगित गरिएको छ ।