
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनैपनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनुभएको छ ।
राष्ट्रको अहीत हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनैपनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने उहाँको भनाई थियो ।
नेकपा (एमाले) परराष्ट्र मामिला विभागले शुक्रवारबाट काठमाडौंमा शुरु गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहो¥याउनु भयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्परिक लाभ र पारस्परिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको समेत स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि वाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताउनु भयो । रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुका लागि वाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति सञ्चालन गर्न लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
अध्यक्ष ओलीले मुलुकमा विकासलाई तिब्रता दिएर अघि बढन सहज हुने गरी परराष्ट्र नीति अवलम्वन गर्नुपर्ने बताउनु भयो ।