
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले काँग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गईरहेको बताउनुभएको हो ।
आज बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हीतका लागि ‘डेमोक्रेटिक इक्सरसाईज’ गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोशिस गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले नेपालको राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको पनि पटकपटक दोहो¥याउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अब सरकारको पनि ध्यान कता जाओस् कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ । देशतिर कसले ध्यान दिने रु यो खालको अवस्थाबाट चाहीँ हामीहरु अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक एक्सरसाईज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पु¥याउन सकिन्छ । त्यस काममा यहाँहरुको भन्दा जिम्मेवारी बढी हाम्रो छ । त्यसकारण हामी त्यसलाई सच्याउने कोशिसमा छौं । हामी त्यसलाई ठिक बाटोमा लैजाने काशिसमा छौं । र, आयुर्वेदको महत्वको हामीले बुझ्न चाहेका छौं । राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको छ । यति कुरा म साथीलाई भन्न चाहन्छु ।’
अध्यक्ष ओलीले योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रुपमा अघि बढाउने सके मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने पनि स्मरण गराउनु भयो । त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उहाँको आश्वासन थियो ।