संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकार

संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकार

काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका हुन्।

संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारी फर्कन आग्रह गरेका थिए। दलको बैठकपछि जिम्मेवारीमा फर्किएको थापाले बताए। राजनीति ‘ट्र्याक’मा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उनको भनाइ थियो।

बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए। उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताए।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो। तर, काँग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बने। पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com