प्रतिनिधि सभाको पहिलो बैठकमा दलका नेताहरुको सम्बोधन हुने

प्रतिनिधि सभाको पहिलो बैठकमा दलका नेताहरुको सम्बोधन हुने

काठमाडौं । पुस २५ गते बस्ने प्रतिनिधि सभाको पहिलो बैठक सञ्चालन बारेमा दलहरुबीच छलफल भएको छ ।

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलिय बैठकमा सो विषयमा छलफल गरिएको हो । जस अनुसार पहिलो बैठकमा दलका प्रमुख नेताहरुलाई दलिय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्न दिने निर्णय गरिएको संघीय संसद सचिवालयका साहयक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

उहाँले दलिय प्रतिनिधित्वका आधारमा बोल्ने नेताहरुको लागि २ घण्टाको समय छुट्याउने निर्णय भएको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिनिधि सभाको नियमावलीले व्यवस्था गरेका नियमका प्रक्रियाहरुलाई नै अवलम्वन गरेर जाने निर्णय गरेको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको दोस्रो बैठक २६ गते ११ बजे बस्ने निर्णय भएको समेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘सर्वदलिय दलको बैठक सम्पन्न भयो । प्रतिनिधि सभाको पहिलो बैठकमा कसरी अगाडि बढ्ने र सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म र कार्यव्यवस्था परामर्श समितिको गठन नभएसम्म बैठक सञ्चालनका सम्बन्धमा सामान्य छलफलहरु भएको छ । विशेष गरी प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिनिधि सभाको नियमावलीले व्यवस्था गरेका नियमका प्रक्रियाहरुलाई नै अवलम्वन गरेर जाने निर्णय भयो ।

प्रतिनिधि सभाको पहिलो बैठकमा दलिय प्रतिनिधित्वको आधारमा सबै दलबाट सदस्यहरुले सम्बोधन गर्ने निर्णय भयो । दुई घण्टाको समय दलिय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्न दिने भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठक २६ गते ११ बजे बस्ने निर्णय भएको छ । नियमित रुपमा प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि प्रतिनिधि सभा नियमावली अनुसार संसद सचिवालयले तयार गरेको प्रश्तावको आधारमा अगाडि बढाउने भएको छ । सभामुख निर्वाचनको विषयमा छलफल भएपनि दलहरुबीच सहमति गरेर मिति तोक्ने सहमति भएको छ ।’

उहाँले नियमित रुपमा प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि प्रतिनिधि सभा नियमावली अनुसार संसद सचिवालयले तयार गरेको प्रश्तावको आधारमा अगाडि बढ्ने बताउनु भयो । उहाँले सभामुख र उपसभामुखको निर्वाचनको विषयमा छलफल भएपनि दलहरुबीच सहमति गरेर मिति तोक्ने सहमति भएको बताउनु भयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com