चितवन-२ मा रविलाई सहयोग गर्ने पौडेलको घोषणा

चितवन-२ मा रविलाई सहयोग गर्ने पौडेलको घोषणा

काठमाडौँ । चितवनका स्थानीय एवं पूर्व कांग्रेस नेता जगन्नाथ पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन् । पौडेलले चितवन-२ मा हुने उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

उनले भने, ‘देशको रूपान्तरणका लागि ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ। यसका लागि स्वतन्त्र पार्टीहरूको समूह भए मात्रै देशले निकास पाउँछ ।’

चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । रवि चितवन क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com