जनताले हामीलाई नमात्तिने गरी मत दिएका छन् : रवि लामिछाने

जनताले हामीलाई नमात्तिने गरी मत दिएका छन् : रवि लामिछाने

काठमाडौं ।  उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले पाएको मत निराशाको नभइ आशाको मत भएको बताउनुभएको छ ।

पुराना दलहरुप्रति निराश भएर आफूहरुलाई जनताले मत दिएको भनेर टिप्पणी हुने गरेको उल्लेख गर्दै लामिछानेले जनतालाई आशा गरेरै आफूहरुलाई मत दिएको उल्लेख गर्नुभयो ।

सोमबार (आज) प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरुलाई जनताले नमात्तिने गरी मत दिएको उल्लेख गर्नुभयो ।

‘हामीजस्ता नयाँ दललाई पनि जनतालाई नमात्तिने गरी मत दिनुभएको छ। साथै पुराना दललाई अब त सच्चिनुपर्छ भनेर झारिदिनुभएको छ,’ लामिछानेले भन्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com