मान्छेले राप्रपालाई माया गर्न थाले, नचिनेको रास्वपालाई भोट हाले : झलनाथ खनाल

मान्छेले राप्रपालाई माया गर्न थाले, नचिनेको रास्वपालाई भोट हाले : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढेको टिप्पणी गरेका छन् । नेकपा एसनिकट सहकारी सङ्गठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै सरकार दिशाहिन भएको बताएका हुन् ।

उनले भने, ‘अहिले अराजकता बढ्दै छ । अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई पो हाल्न थालेका छन् हिजो तीस वर्ष तानासाही शासन गरेको होइन उनीहरूले, तीस वर्ष तानाशाह शासन गर्नेलाई अहिले मान्छेहरूले माया गर्न थालेका छन् । अनि त्यो रास्वपा भन्ने के हो के हो ? कसैले चिनेको पनि छैन । तर, मान्छेहरूले त्यतैतिर भोट हाल्न थालेका छन् । किनभने पहिलेदेखि स्थापित पार्टीहरूले काम गर्न नसकेपछि ध्यान त्यतातिर डाइभर्ट भइरहेको छ । यो एकदम खतरनाक कुरा हो ।’

उनले अहिलेको अराजकताको अन्त्य गर्नको लागि आफ्नो पार्टीले विकल्प दिन सक्नुपर्ने बताए । उनले भने, ‘अब सबै कुराको विकल्प समाजवाद हो। समाजवादको बाटोमा जान सक्नुपर्छ ।’ राप्रपाले काठमाडौंमा त्यत्रो जुलुस निकाल्दा काँग्रेस र एमालेले आँट गर्न नसकेको बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com