मतदान गरेलगत्तै प्रधानमन्त्रीले भेटे देउवा र नेपाललाई

मतदान गरेलगत्तै प्रधानमन्त्रीले भेटे देउवा र नेपाललाई

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मतदान प्रक्रिया सम्पन्न गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरिरहेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न तीन नेताहरू संघीय संसद् भवन वानेश्वर पुगेका थिए । मतदान सकेपश्चात् संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरू छलफलमा जुटेका हुन् । विश्वासको मत, सरकार विस्तार र अन्य समसामयिक विषयमा छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले तीन दिन पश्चात् अर्थात् चैत ६ मा विश्वासको मत लिँदैछन् । त्यसपश्चात् सरकार विस्तार गर्ने गठबन्धन दलभित्र तयारी छ । रास्वपा, राप्रपा र एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खालि छन् । संसद् बैठक भने ५ गतेका लागि बोलाइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com