खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैन : गगन थापा

खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैन : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन नहुने बताउनुभएको छ ।

अहिले खल्तीबाट निकालेर राष्ट्रपति बनाउने तयारी भइरहेको भन्दै उहाँले आदेशमात्र पालन गर्ने मान्छेलाई राष्ट्रपति बनाउन नहुने बताउनुभएको हो ।

आदेश पालकलाई राष्ट्रपति बनाएर संविधानको जगेर्ना हुनै नसक्ने भन्दै महामन्त्री थापाले देशको संविधान बुझेको र विवेक प्रयोग गरेर काम गर्न सक्नेलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिनुभयो ।

संविधानको भावना विपरीत गएर राष्ट्रपति बनाउन खोजे संविधान फेरि पनि खतरामा पर्ने उहाँको भनाइ छ । संसद्बाट बहुमतको आधारमा राष्ट्रपति बनाउनुपर्ने महाशमन्त्री थापाको तर्क छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com