समाजजादी मोर्चाद्वारा पूर्व निर्धारित कार्यक्रम स्थगन

समाजजादी मोर्चाद्वारा पूर्व निर्धारित कार्यक्रम स्थगन

काठमाडौं । समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ ।

मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवङ्गत नेता नेम्वाङ कम्युनिष्ट आन्दोलनको साझा नेता भएकाले उहाँको निधनमा शोक मनाउन आजको कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभयो ।

नेम्वाङको हृदयाघातबाट गए राति उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो । आज सन्देश सभा सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने कार्यक्रम तय भएको थियो ।

उक्त प्रदेशमा यसअघि यही भदौ १३ गते हुने भनिएको कार्यक्रम पनि स्थगन गरिएको थियो । गत असार ४ गते घोषणा गरिएको मोर्चाले अहिलेसम्म गण्डकी, मधेस, लुम्बिनी, बागमती, कोशी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।

मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com