प्रभु साहको आम जनता पार्टीले आजबाट भन्सार बिभाग घेराऊ गर्ने

प्रभु साहको आम जनता पार्टीले आजबाट भन्सार बिभाग घेराऊ गर्ने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आजबाट भन्सार कार्यालय घेराऊ गर्ने भएको छ । आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार पुस १ गते देखि भन्सार बिभाग घेराऊ गर्न लागेको हो ।

हिजो सम्पन्न आम सम्पर्क मञ्चको राष्ट्रिय भेला “भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजीको लागि पौष १ गते देखि भन्सार बिभागमा धर्ना तथा घेराऊ गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए ।

काठमाडौं अनामनगर्स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा सम्पन्न उक्त भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रिय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com