‘प्रचण्डले जनताको विश्वास गुमाइसके’

‘प्रचण्डले जनताको विश्वास गुमाइसके’

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको बताएका छन् ।

वैद्यले प्रचण्डले राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेको भन्दै जनताले अब विश्वास गर्ने ठाउँ नरहेको जिकिर गरेका हुन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डले ओलीलाई खत्तम पार्छु भनेर लागेको, पछि फेरि ओलीको शरणमा परेर सरकार बनाएको र त्यसलाई पनि टिकाउन नसकेर जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com