प्रचण्ड–ओली ‘गोप्य’ भेटवार्ता

प्रचण्ड–ओली ‘गोप्य’ भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबिच आसन्न राष्ट्रिय सभा निर्वाचनको भागबन्डाको विषय ‘पेचिलो’ बन्दै गएको छ । भागबन्डाको विषयलाई लिएर विभेद बढीरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबिच ‘गोप्य’ भेटवार्ता भएको छ ।

आज मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच करिब ४५ मिनेट भएको भेटवार्तामा ‘वान टु वान’ कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

प्रचण्ड–ओलीबिचको भेटवार्तामा मूलत टीआरसी विधेयक र राष्ट्रिय सभा निर्वाचनबारे छलफल भएको बताइएको छ । कतिपयले यो भेटलाई माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको भागबण्डाको प्रयाससमेत भनेर विश्लेषण सुरु गरेका छन् ।

एमालेका एक पदाधिकारीले भने, ‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दायाँबायाँ नहुने भनेकाले एमालेको हार निश्चित नै छ । तै पनि हाम्रोतर्फबाट सकिने प्रयास त हुने नै भयो’ प्रधानमन्त्री र हाम्रो अध्यक्षबिच पनि यसबारे केही न केही कुरा त भएको छ तर ठोस रूपमा हामीसमक्ष जानकारी आइनसकेकाले केही भन्न सकिन्न ।’

ती नेताका बुझाइमा दुई नेताको भेटमा एमाले अध्यक्षले राष्ट्रिय सभाको १९ सिटमा एमाले र माओवादी मिलेर चुनाव लड्न प्रस्ताव गरेको हुन सक्छन् । यद्यपि प्रचण्ड–ओली भेटवार्ताबारे औपचारिक रूपमा दुवै नेताको सचिवालय र नेता निकटस्थहरूले गोप्य नै राखेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com