माओवादी संसदीय दलकाे नेतामा प्रचण्ड सर्वसम्मत

माओवादी संसदीय दलकाे नेतामा प्रचण्ड सर्वसम्मत

काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मतरूपमा चयन गरेकाे छ ।

आज बिहीवार दिउँसाे सिंहदरबारमा बसेकाे संसदीय दलकाे बैठकले प्रचण्डलाई सर्वसम्मतरूपमा दलकाे नेता चयन गरेकाे हाे । आजै दिउँसाे बसेकाे पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको थियो । त्यसपछि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले याे निर्णय अनुमोदन गरेको हो ।

यस्तै बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रिय सभामा दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चयन गरेकाे छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com