शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने भुटानी नेताहरुको तयारी

शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने भुटानी नेताहरुको तयारी

झापा । झापा र मोरङका शिविरमा बसिरहेका भुटानी शरणार्थीहरुको समस्या समाधानका लागि अधिकारकर्मी र नेपालमा क्रियाशील भुटानका राजनीतिक दल लामो समयपछि जुर्मुराएका छन् । तेस्रो देश पुनर्वास कार्यक्रमसँगै ओझेलमा परेको भुटानी शरणार्थीका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न मानवअधिकार सञ्जालको अगुवाइमा नेपालका अधिकारकर्मी र भुटानी नेताहरुले पहल थालेका हुन् ।

सात वर्षअघि भुटानी शरणार्थी शिवरमा दातृ निकायले गर्दै आएको सहयोग रोकियो । दाताको सहयोग नभएपछि भोकभोकै पर्दासमेत उनीहरुका लागि बोलिदिने कोही भएन । यो बीचमा नेपाल सरकार पनि भुटानी शरणार्थी मामिलामा मौन रहृयो ।

नेपालमा क्रियाशील रहेका भुटानी राजनीतिक दलहरु पनि शरणार्थी समस्या समाधानमा मुखरित हुन सकेनन् । अवस्थालाई नजिकबाट नियालेर पनि लामो समयसम्म मौन रहेका अधिकारकर्मीहरु अब भने भुटानी शरणार्थीका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न लागिपरेका छन् ।

मानव अधिकारकर्मी गोपालकृष्ण शिवाकोटीले भने, ‘यो ३२-३३ वर्षसम्म पनि समस्या समाधान किन भइरहेको छैन भन्दाखेरि वर्गीकरणकै कारण हो । जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी हिसाबले पनि असफल छ ।’

अधिकारकर्मीको साथ पाएपछि नेपालमा क्रियाशील भुटानी राजनीतिक दलका नेताहरुले पनि शरणार्थीको आन्दोलनलाई पुनः सशक्त पार्ने योजना बनाएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com