कांग्रेसको मधेश प्रदेश सम्मेलनको तयारी पूरा

कांग्रेसको मधेश प्रदेश सम्मेलनको तयारी पूरा
niranjan kumar sah

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुन लागेको नेपाली कांग्रेसको दुई दिवसीय प्रदेश सम्मेलनको तयारी पूरा भएको छ ।

नेपाली कांग्रेसको प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षता र केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा यही पुस ५ र ६ गते हुन लागेको मधेश प्रदेश सम्मेलनको तयारी पूरा भएको हो ।

ऐतिहासिक तिरुहुतिया गाछीमा आयोजना हुने उद्घाटन सत्रमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने बन्द सत्रमा ८ सयभन्दा बढी प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति रहने कांग्रेसको प्रदेश सभापति यादवले जानकारी दिए ।

प्रदेश सम्मेलन अगावै कांग्रेसले बाँकी रहेका वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com