माघ ७ मा सभामुख र ९ मा उपसभामुखको निर्वाचन गर्ने तयारी

माघ ७ मा सभामुख र ९ मा उपसभामुखको निर्वाचन गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ सात र उपसभामुखको निर्वाचन नौ गते गर्ने तयारी भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा यी दुई मितिमा सभामुख र उपसभामुखको निर्वाचन गर्न प्रस्ताव गरिएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संविधान र कानुनमा व्यवस्था छ ।

कानुनी प्रावधानअनुसार आगामी माघ १० गतेभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेको लागि बोलाइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com