एमालेलाई राष्ट्रिय सभामा ६ सिट दिन सत्ता गठबन्धन ससर्त तयार

एमालेलाई राष्ट्रिय सभामा ६ सिट दिन सत्ता गठबन्धन ससर्त तयार

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेले ६ सिट मागेपछि सत्ता गठबन्धन सर्तसहित दिन तयार देखिएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्‌बाट पारित गर्न एमाले तयार भए राष्ट्रियसभामा उसले मागेको ६ सिट दिने सहमति गठबन्धन दलका नेताहरुबीच भएको हो । तर एमालेले संसद्‌को कानुन समितिबाट विधेयक पारित गराएर अघि बढाउन सघाउनुपर्ने सत्ता पक्षको सर्त छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बिहीबार) बसेको बैठकमा विपक्षी एमालेलाई पनि साथमा लिन सिट बाँडफाँट गरेर जाने विषयमा छलफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

यता एमालेले भने दलहरुसँग सहकार्यको छलफल भए पनि सत्ता गठबन्धनसँग भाग नखोजेको दाबी गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सहकार्यबारे दलीय छलफल स्वाभाविक भएको तर गठबन्धनमा भाग मागेर नजाने जिकिर गरे ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com