काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेको रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् । मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार राष्ट्रपति पौडेलले आममाफी दिएका हुन् । आम माफी दिइएकाहरूको नाम सार्वजनिक गरिएको छैन । आममाफी र कैद मिनाहापछि उनीहरु सोमबार छुट्ने छन् ।
कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ । यस्तै विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आम माफी दिन सक्ने व्यवस्था पनि कानूनमा छ । तर, निश्चित कसुरमा दोषी ठहर भएकाले बाँकी कैद मिनाहा र आम माफी सुविधा पाउने व्यवस्था छैन ।
६५ वर्ष पूरा भई ७० वर्ष ननाघेको कैदलाई २५ प्रतिशतसम्म, ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेको कैदीलाई ५० प्रतिशतसम्म र ७५ वर्ष उमेर पूरा भएका कैदीलाई ७५ वर्षसम्म कैद छुन दिन सक्ने कानूनी व्यवस्था रहेको छ ।