छठी माताको पूजा आराधनामा राष्ट्रपति पौडेल

छठी माताको पूजा आराधनामा राष्ट्रपति पौडेल
RATNA SHRESTHA

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गरेका छन् ।

पूजा स्थलमा राष्ट्रपति पौडेल र उनकी पत्नी सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गरे । त्यसअघि राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका हुन् ।

यस्तै राष्ट्रपति पौडेल गुहेश्वरी छठ घाट समेत पुगे । गुहेश्वरी पुग्नुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com