राष्ट्रपति पौडेल आज बुटवल र तनहुँ जाँदै

राष्ट्रपति पौडेल आज बुटवल र तनहुँ जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल र तनहुँका कार्यक्रममा सहभागी हुँदैछन् ।

राष्ट्रपति पौडेल शुक्रबार गृह जिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी हुँदैछन् । शतवार्षिकी कार्यक्रमको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । सो किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मेयर खेलराज पाण्डेयले जानकारी दिए ।

राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा पुग्ने र त्यहाँको अवलोकन पश्चात् कार्यक्रममा हुनेछन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com