राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका

राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
NP_KTM_
Published on
Updated on

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन् ।

राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/म्ह पूजा गरी तिहार मनाइएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com