अध्यक्ष प्रचण्डले बोलाए पार्टी सचिवालय बैठक

अध्यक्ष प्रचण्डले बोलाए पार्टी सचिवालय बैठक

काठमाडौं । आफ्ना प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामाबारे छलफल गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालय बैठक बोलाएका छन् ।

प्रचण्डले राजीनामाबारे छलफल गर्न भोलि मंगलबार बैठक बोलाएको गजुरेलले जानकारी दिए । एक नेताका अनुसार गजुरेलको राजीनामाको कारण पार्टी नेताहरुलाई जानकारी दिएर मात्र प्रचण्ड राजीनामा स्वीकृत गर्ने मुडमा छन् ।

आफूले दिएका नीतिगत सुधारका काममा प्रधानमन्त्रीले चासो नदिएको भन्दै गजुरेलले गत २० मंसिरमा राजीनामा दिएका थिए । राजीनामाको कारणबारे स्वीकृत भएपछि मात्र बताउने गजुरेलको भनाइ छ ।

तर, प्रधानमन्त्रीले अहिलेसम्म गजुरेलको राजीनामा स्वीकृत गरेका छैनन् । प्रधानमन्त्रीको सचिवलयका व्यक्तिहरुले भने काम गर्न नसकेका कारण गजुरेलले राजीनामा दिएको आरोप लगाउँदै आएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com