राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा

राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन्। गोरखा दरबार क्षेत्रको भ्रमण तथा गोरखकाली दर्शनलगायतका लागि राष्ट्रपति पौडेल आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा पुगेका हुन्।

राष्ट्रपति पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजाआजासमेत गरेका छन्। पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्। उनले आज गोरखा बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com