रेशम चौधरीलगायतलाई तत्काल रिहाई गर्न देवको सरकारलाई दबाब

रेशम चौधरीलगायतलाई तत्काल रिहाई गर्न देवको सरकारलाई दबाब

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवम पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहाई गर्न सरकारलाई दबाब दिनुभएको छ । 

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले टिकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौधरीलगायतका बन्दीहरुलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गर्नुभयो ।

उहाँले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टिकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

सांसद देवले संविधानको रक्षा गर्नका लागि काँग्रेसले सरकारलाई विश्वासको मत दिनुपरेको स्पष्टिकरण समेत दिनुभयो ।

उहाँले संविधानको रक्षा गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र जनतामा सेवा प्रवाहको कामलाई सहज बनाउन नसके सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिनसक्ने अडान समेत राख्नुभयो । सांसद देवले सरकारलाई भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्न सुझाव दिनुभयो ।

सांसद देवले सरकारले कुनै छिमेकीसँग हौसिने र कुनै छिमेकीसँग आशंका पालेर अघि बढ्न नहुने धारणा समेत राख्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com