पूर्वमाओवादी घटकहरूसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल प्रचण्ड

पूर्वमाओवादी घटकहरूसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको विचार निकट राजनीतिक दलहरुसँग छलफल थालेका छन् । प्रचण्डले पूर्वमाओवादी घटक नेताहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहान बोलाएका छन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्ण जित बुढाथोकी लगायत सहभागी हुने बताइएको छ ।

बैठकका लागि सशस्त्र द्वन्द्वका क्रममा एक ठाउँमा भएका माओवादीलाई बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धका उजुरी हाल्न निर्देशन दिएपछि पूर्वमाओवादी घटक एक ठाउँमा जुट्न खोज्नुलाई महत्त्वका साथ हेरिएको छ। सशस्त्रद्वन्द्व समाप्त भएको लामो समय बिते पनि द्वन्द्व व्यवस्थापनका कामले पूर्णता पाएका छैनन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com