प्रधानमन्त्री दाहालले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने

प्रधानमन्त्री दाहालले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रियसभामा जवाफ दिने कार्यसूचि रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा पनि छलफल भइरहेको छ । छलफलका क्रममा प्रतिपक्ष दलका नेताहरुले सरकारले हालै ल्याएको निती तथा कार्यक्रमको आलोचना गरेका छन् । प्रतिनिधिसभामा भने नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com