प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक
Ratna shrestha_KTM_RSS

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

दिउँसो चार बजे सर्वदलीय बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लाग्नुभएको हो ।

बैठकमा सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचनका बारेमा पनि कुराकानी हुने नेताहरूको भनाइ छ ।

नेपाली काँग्रेसले माओवादी केन्द्रले राष्ट्रपति र सभामुखको निर्वाचनमा काँग्रेसलाई सघाउने नेता चन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार आजको सर्वदलीय बैठकमा यस बारेमा पनि कुराकानी हुने छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com