प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

महाेत्तरी, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् । पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आईपुगेका माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

 अहिले महोत्तरीको बर्दिवास स्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक पारम्भ भएको छ ।

 बैठकवाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसगँ रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटव्युरो सदस्य राजु खडकाले जानकारी दिए ।

 यसपछी प्रधानमन्त्री  प्रचण्ड महोत्तरी कै गौशाला नगरपालिकामा पुग्ने छन । गौशालाको एक हलमा सहभागी भएका झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

 केही भेटघाट वाहेक प्रधानमन्त्री प्रचण्ड नितान्त पाटीको छलफल र समिक्षामा मात्र सहभागी हुने कार्यक्रम रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com