प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्न इच्छुक सांसदले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक सुरु हुनु तीन दिनअघि सभामुखलाई गराउनुपर्नेछ ।

यो व्यवस्था अनुसार २० जना सांसदले सभामुखलाई आफ्नो प्रश्नबारे लिखित जानकारी गराएको संघीय संसद सचिवालयले जनाएको छ । तर १५ जना सांसदले मात्रै प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ ।

लिखित रुपमा प्राप्त २० वटा प्रश्नहरुमध्ये कांग्रेसलाई एक र स्वतन्त्र र एक सिट मात्र भएको दलका सांसदमध्ये एक जनालाई मात्रै प्रश्न सोध्न दिने गरी मिलाउने प्रयास संसद सचिवालयले गरेको छ । प्रतिनिधिसभाको यो कार्यकालमा पहिलोपटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन हुन लागेको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com