प्रधानमन्त्री ‘प्रचण्ड’ युएईबाट आज साँझ स्वदेश फर्किने

प्रधानमन्त्री ‘प्रचण्ड’ युएईबाट आज साँझ स्वदेश फर्किने
PRADEEP RAJ ONTA/PMO

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएईबाट आज स्वदेश फर्किँदै छन्।

प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत साँझ ६ बजे काठमाडौँ आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छन्।

प्रधानमन्त्री गत १३ गते युएई गएका थिए। शनिबार कोप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताए। उनले नेपालले जलवायु परिवर्तनमा भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग गरे।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com