बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगलाई बहुमत

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगलाई बहुमत

ढाका । बंगलादेशमा हिजो सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगले बहुमत हासिल गरेको छ । जारी मत गणनामा प्रधानमन्त्री हसिनाको दलले १ सय ५६ सिटमा जितिसकेको छ । ४८ सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

विजयी स्वतन्त्र उम्मेदवारहरु पनि अवामी लिग निकटस्थ रहेको बताइएको छ । जातीय पार्टीले आठ सिट जितेको छ । कुल ३ सय सिटका लागि भएको निर्वाचनमा २ सय १३ सिटको नतिजा सार्वजनिक भएको छ । ८६ सिटको नतिजा आउन बाँकी छ ।

निर्वाचनमा करिव ४० प्रतिशत मत खसेको बताइएको छ । आज साँझसम्ममा निर्वाचनको पूरै नतिजा आइसक्ने बंगलादेशका समाचार संस्थाहरुले जनाएका छन् ।

निर्वाचनमा आफ्नो दलले बहुमत हासिल गरेसँगै प्रधानमन्त्री शेख हसिनाले संयम रहन सबैलाई आग्रह गर्नुभएको छ । विजय जुलुस ननिकाल्न उहाँले आफ्नो दलका नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

कुनैपनि उम्मेदवारको पक्ष-विपक्षमा नलागी शान्त रहन उहाँले आग्रह गर्नुभएको हो । यसैबीच बंगलादेशको विपक्षी दल बीएनपीले निर्वाचन जनताप्रति धोका भएको आरोप लगाएको छ ।

हजारौं विपक्षी नेता कार्यकर्तालाई जेलमा राखेर गरिएको निर्वाचनले लोकतन्त्रको उपहास गरेको विपक्षी मोर्चाको ठहर छ । विपक्षीहरुको बहिष्कारसँगै भएको निर्वाचनले देशमा थप राजनीतिक द्वन्द्व बढ्ने विपक्षीहरुले चेतावनी दिएका छन् । तर राजनीतिक स्थिरता र राष्ट्रिय समृद्धिमा शेख हसिनाका कार्यकाल सुखद रहँदै आएको समर्थकहरुको दाबी छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com