नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्रीको निर्देशन

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्रीको निर्देशन
Ratna shrestha_KTM_RSS

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।

नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर लाइसेन्स प्रक्रिया तत्काल रोक्न लिखित रूपमा नै निर्देशन दिएका हुन् ।

नयाँ स्टक एक्सचेन्ज पुरानो र सरकारी एक्सचेन्ज विस्थापित गर्ने गरी ल्याइएको गलत नीति भन्दै संसदमा विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफल विपरीत ल्याउन लागिएको नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com