दुर्गा प्रसाई समर्थक आन्दोलनकारी धमाधम पक्राउ

दुर्गा प्रसाई समर्थक आन्दोलनकारी धमाधम पक्राउ
Published on
Updated on

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाइको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् । आज ११ बजे देखी तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पु-याउने उदेश्यले आन्दोलन गर्न लागेको सुचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँवाट पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन । उता, जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले तीनकुनेमा प्रसाइ समुहलाइ आन्दोलन गर्ने अनुमति नदिएकाे जनाएकाे छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घाेषणा गरेका थिए । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com