प्रस्तावित न्यायाधीशको सुनुवाई आज

प्रस्तावित न्यायाधीशको सुनुवाई आज

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित दुई जना न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । प्रस्तावित न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ आज हुने गरी संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उहाँहरूको नियुक्ति हुनेछ । सर्वोच्च अदालतका प्रस्तावित छमध्ये दुई जनाको हिजो संसदीय सुनुवाइ भएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले हिजो समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। यसअघि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com