ट्रक चालक समितिको बिरोध जुलुश

ट्रक चालक समितिको बिरोध जुलुश

बारा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक समितिले सडकमा ट्राफिक चेकिङ र स्थानीय सरकारको अनियमित कर, चालक कुटपिटको बिरोध गर्दै बाराको जीतपुर-सिमरामा बिरोध जुलुश तथा सभा गरेको छ ।

पथलैया सिमरा, जितपुर हुदै पुन: पथलैयामा आएर सम्पन्न सभामा समितिका अध्यक्ष नबराज कार्कीले आफूहरुको माग सम्बोधन नभए आगामी मंसिर ७ देखि चक्काजाम गरेर आन्दोलन गर्ने जनाएका छन् ।

भारतीय गाडी बन्द गर, ट्राफिक ज्यादती बन्द गर, पार्किङस्थल निर्माण गर जस्ता नारा उनीहरुले लगाएका थिए । जुलुशपछि पथलैयामा सम्पन्न सभामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय महासचिब केशब थापाले गृह मन्त्रालय लगायत सबैमा ज्ञापनपत्र दिएपनि सरकारले नसुनेका कारण आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com