सबै दलहरुलाई एकतावद्ध भएर अघि बढ्न रामचन्द्र पौडेलको आग्रह

सबै दलहरुलाई एकतावद्ध भएर अघि बढ्न रामचन्द्र पौडेलको आग्रह

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरुलाई एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ । 

राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढ्नुपर्नेे बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरु एक ठाउँमा उभिएर अघि बढनुपर्ने तर्क गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दवदवाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान संविधानमाथि देश भित्र र बाहिरबाट समेत प्रहार भइरहेको भन्दै त्यसलाई जोगाउन पनि काँग्रेस र कम्युनिष्ट दुवै शक्तिहरुले मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाई मुलुकको समृद्धिमा योगदान दिने काममा ढिलाई गर्न नहुने पनि जोड दिनुभयो । राष्ट्र निर्माणका लागि पनि हरेक लगानी उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्ने उहाँले बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com