रापप्रा केन्द्रिय कार्यसम्पाद समितिको बैठक बस्दै

रापप्रा केन्द्रिय कार्यसम्पाद समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

 ‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारवाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ । 

आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निक्र्यौल गर्नेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com