तनहुँ-१ मा मतान्तर बढाउँदै रास्वपाका वाग्ले

तनहुँ-१ मा मतान्तर बढाउँदै रास्वपाका वाग्ले

काठमाडौँ । तनहुँ-१ मा झन्डै आधा मतगणना सकिएको छ। निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये २२ वडाको मतगणना सकिएको हो।

तीमध्ये आबुखैरेनी गाउँपालिकाका ६ , भानु नगरपालिकाका ११ र देवघाट नगरपालिकाका ४ वडाको मतगणना सकिएको छ।

गणना भएकामध्ये अधिकांश वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवारभन्दा बढी मत पाएका छन्।

अहिलेसम्म ३१ हजार २१९ मत गनिसक्दा स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत ल्याएका छन्। नेपाली काँग्रेसका गोविन्द भट्टराईले ‍९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५१६६ पाएका छन्।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com