रास्वपाका सभापति लामिछानेलाई सोधियो स्पष्टीकरण

रास्वपाका सभापति लामिछानेलाई सोधियो स्पष्टीकरण

चितवन । हिजो सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन- २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाली काँग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन भरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै काँग्रेसले उजुरी दिएको थियो ।

नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले दिएको उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम दोषी उपर कारबाहीको माग गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने एउटा उम्मेदवारलाई मात्रै समर्थन गरेको भन्ने आरोप गलत भएको बताए ।

यस अघि भरतपुर ११ को नयाँ किरण माध्यमिक विद्यालयमा भएको विवाद रास्वपाले आचार संहिता विपरीत काम गरेको भन्दै गल्ती स्वीकारेपछि मतदान सुचारु भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com